७ असार २०८२, शनिबार | Sat Jun 21 2025


पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए


0
Shares

काठमाडौं, चैत २० । पाकिस्तानमा इज्जतका नाममा एक हजार एक सय महिलाको हत्या गरिएको छ ।

पास्तिानी मानवअधिकार आयोगले गत एक वर्षको अवधिमा इज्जतका नाममा एघार सय महिला मारिएको तथ्य सार्वजनिक गरेको हो ।

यसरी इज्जतका नाममा ८८ जना पुरुष पनि मारिएका छन् । वर्ष २०१५ को प्रतिवेदन सार्वजनिक गर्दै आयोगले ८३३ जना महिलाको अपहरण गरिएको पनि जनाएको छ ।

यस्ता अपराधमा संलग्नहरुमाथि कार्वाहीको घटना भने अत्यन्तै न्यून रहेको मानव अधिकार आयोगले जनाएको छ ।

९३९ महिला शारीरिक हिंसाको शिकार हुँदा ७७७ महिलाले आत्महत्याको कोशिश गरेको पनि जनाइएको छ ।

यसैगरी मृत्युदण्डको सजायँलाई फेरि लागू गरिएपछि ४७ जना महिला फाँसीका लागि प्रतीक्षा सूचीमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)