Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


रंगशाला निर्माणका लागि सहयोग समिति गठन


0
Shares

चितवन, जेठ ४ । चितवनको रामपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगका लागि जिल्लास्तरीय खेलकुद सहयोग समिति गठन गरिएको छ ।

शनिबार भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले समितिको घोषणा गरिन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान राजु खड्काको संयोजकत्वमा १५ सदस्यीय सहयोग समिति गठन गरिएको हो ।

कार्यक्रममा नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेपाली क्रिकेटले प्रगति गरिरहेको अवस्थामा बन्न लागेको रंगशालाले क्रिकेट विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

२० विगाहा ८ कठ्ठा क्षेत्रफलमा तीन अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको मैदानमा अहिले चौर सम्याउने, दुबो रोप्ने काम भइरहेको छ ।