धनकुटा, जेठ ३ । १४औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
शुक्रबार धनकुटामा भएको फाइनल खेलमा नेपालमा बस्दै आएका क्यामरुनका शरणार्थीहरुको क्लब दाउफिन्सलाई ‘टाइब्रेकर’मा ३–२ ले पराजित गर्दै सशस्त्र च्याम्पियन बनेको हो ।
खेलको निर्धारित् समयमा दुवै टिमबाट २–२ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
विजेता सशस्त्रले चार लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्यो । उपविजेता बनेको दाउफिन्सले दुई लाख रुपैयाँमा चित्त बुझायो ।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’ सशस्त्रका गोलरक्षक अमृत चौधरी घोषित भए ।
प्रतियोगितामा ८ टिम सहभागी थिए ।








प्रतिक्रिया दिनुहोस्