Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


आयोजक नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरियो


0
Shares

काठमाडौं, जेठ ३ । नेपालमा जारी पहिलो एसिया कप ह्विलचियर ट्वेन्टी–२० क्रिकेटमा नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

लगातार तेस्रो हार व्यहोर्नेक्रममा नेपाल शुक्रबार पाकिस्तानसित १३० रनको फराकिलो अन्तरले पराजित भयो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको २७० रनको चुनौती पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रनमात्र बनाउन सक्यो । कप्तान दिगमसिंह चेम्जोङले ४७ तथा सागर पाण्डेले ३० रनको योगदान गरे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । मोहमद लतिफले १४६ रन बनाए ।

नेपालका लागि यामबहादुर श्रेष्ठ र डम्बर मगरले १/१ विकेट लिए ।

चार टोली सहभागी प्रतियोगिताको पहिलो खेलमा भारतसित र दोस्रो खेलमा बंगलादेशसित पराजित भएको नेपाल पाकिस्तानसित पनि पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

उपाधिका लागि भारत र पाकिस्तान भिड्नेछन् ।