
अपडेटः
पोखरा, वैशाख ११ । पाँचौ मनकामना केबुलबार पोखराकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबलको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबमाथि ५–० को फराकिलो जित हासिल गरेको हो ।
मनाङलाई जिताउनेक्रममा अनिल गुरुङ र ओलावाले अफिजले समान २–२ गोल गर्दा सुजल श्रेष्ठले एक गोल थपे ।
मनाङले दुई गोल गरेपछि भएको झडपमा आर्मीका सन्तोष तामाङ र मनाङका हेमन गुरुङले रातोकार्ड खाएपछि दुबै टिम १० जनामा समेटिएका थिए । त्यसपछि मनाङ झनै आक्रामक बनेको थियो ।
मध्यान्तरअघि नै ४ गोल गरेको मनाङले मध्यान्तरपछि एक गोल थपेको हो ।
सेमिफाइनलमा आर्मीले धरान फुटबल क्लबलाई र मनाङ–मर्स्याङ्दीले सशस्त्र प्रहरीलाई हराएर फाइनल यात्रा तय गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्