 
	    काठमाडौं, बैशाख १२ । एभर्टनलाई हराँउदै म्यान्चेस्टर युनाईटेड इङ्गलिस एफ.ए कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
शनिबार राती वेम्बले रंगशालामा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २-१ ले विजयी भयो । खेलको ३४ औं मिनेटमा म्यान्चेस्टरका फेलीयानीले पहिलो गोल गरे ।
७६ औं मिनेटमा क्रिश स्मलीङले एक आत्माघाती गोल गरेपछि एभर्टनले खेल बराबरी गर्यो । तर ९० औं मिनेटमा एन्टोनी मार्सलले एक गोल गर्दै म्यानयुको जित पक्का गरे ।
जितसँगै म्यान्चेस्टर युनाईटेड एफ.ए कप फुटबलको फाईनलमा पुग्दै सिजनमा एउटा उपाधिको संभावना बलियो पारेको छ ।
म्यान्चेस्टर युनाईटेडले अब फाईनलमा क्रिष्टल प्यालेस र वाट्फोर्डविचको दोस्रो सेमीफाईनल विजेतासँग खेल्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्