 
	    काठमाडौं, बैशाख १२ । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिकार राती भएका खेलहरुमा म्यान्चेस्टर सिटी, चेल्सी र साउथह्याम्पटन विजयी भएका छन् ।
अंक तालिकाको तेस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर सिटीले स्टोक सिटीलाई ४÷० ले हरायो । म्यान सिटीलाई जिताउनेक्रममा ईहीनाचोले दुई गोल गरेभने सर्जीयो अगुएरो र फर्नान्डोले एक एक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले बर्नमाउथलाई ४-१ ले हरायो । चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरेभने विलियन र पेड्रोले एक एक गोल थपे ।
यसैगरी एस्टन भिल्लालाई ४-२ ले हराउनेक्रममा साउथह्याम्पटनका डुसान टाडिचले दुई गोल गरेभने सादियो माने र शेन लङले एक एक गोल गरे । प्रिमियर डिभिजनबाट रेलीगेशनमा परिसकेको भिल्लाका लागि दुबै गोल वेष्टउडले गरे ।
शनिबार राती भएको अर्को खेलमा लिभरपुललाई न्युकासल युनाईटेडले २-२ गोलको बराबरीमा रोकेको छ ।
लिभरपुलका ड्यानिएल स्टरीज र एडम लालानाले पहिलो हाफमै दुई गोल गरेपनि न्युकासलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । न्युकासलका लागि पापिस सिसे र ज्याक कोलब्याकले एक एक गोल गरे ।
शनिबार रातीको खेलपछि न्युकासल युनाईटेडले रेलिगेशनबाट जोगिने यात्रामा एक अंक थपेको छ । लिगमा ३ खेल मात्रै बाँकी छँदा १९ औं स्थानमा रहेको न्युकासलको ३० अंक छ ।
पुछारमा रहेको एस्टन भिल्ला रेलिगेशनमा परिसकेको छ भने दुई खेल कम खेलेको सण्डरल्याण्ड ३० अंकको साथ १८ औं स्थाना छ । १७ औं स्थानको नर्वीच सिटी पनि रेलिगेशनको जोखिममा छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्