२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


उत्तर कोरिया चरम खडेरीको मारमा


0
Shares

काठमाडौं, जेठ २ । उत्तर कोरिया दशकौंयताको चरम खडेरीको मारमा परेको छ ।

३७ वर्षयताकै चर्को खडेरीको मारमा परेको उत्तरले खडेरीले पुर्‍याएको असरविरुद्ध जुध्न नागरिकलाई आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका एक करोड जनता तत्काल खाद्यान्न सहयोगको आवश्यकतामा रहेको जनाएको केही समयपछि नै उत्तरले यस्तो आह्वान गरेको हो ।

खडेरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको बताइएको छ । यस वर्ष सन् १९८२ यताकै सबैभन्दा कम पानी परेको छ ।

यसअघि, ९० को दशकको खडेरीका कारण उत्तर कोरियामा लाखौंको मृत्यु भएको विश्वास गरिन्छ ।

आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि सन् २००६ यता अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ । (एजेन्सी)