 
	    काठमाडौं, वैशाख १२ । दोङ्ग फेङ्ग सिट्रोन ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली चीन गएको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष प्रताप अधिकारीको नेतृत्वमा प्रशिक्षक किरण थापा तथा खेलाडीहरुमा रत्नजित तामाङ, विकास श्रेष्ठ र विष्णु कटुवाल चीन गएका हुन् ।
बिडब्लुएफ सुपर सिरिज लेभलको २ लाख डलर पुरस्कार राशी रहेको प्रतियोगितामा रत्नजितले पुरुष एकलमा तथा विकास र विष्णुले पुरुष जोडीमा प्रतिस्पर्धा गर्नेछन् ।
विश्वका शीर्ष ३२ मा रहेका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा नेपाली खेलाडीहरु वाईल्ड कार्डमार्फत उक्त प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाए ।
प्रतियोगिता मंगलबारदेखि सुरु हुनेछ । अघिल्लो संस्करणमा रत्नजित तामाङ प्रि–क्वाटरफाइनलसम्म पुगेका थिए । उनले ७ सय ५० डलरसमेत प्राप्त गरेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्