 
	    काठमाडौं, बैशाख १३ । इङ्गलिस प्रिमियर क्लब लेष्टर सिटीका अल्जेरियन खेलाडी रियाद माहारेजले वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
इङ्गलिस फुटबल क्लवहरुमा व्यावसायीक फुटबल खेल्दै आएका खेलाडीहरुको संस्था प्रोफेशनल फुटबलर्स एसोसिएसन पि.एफ.ए ले गर्ने भोटिङको आधारमा माहारेज यो वर्षका उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
अन्तिम मनोनयनमा परेका आफ्नै टोलीका जेमी भार्डी र एन्गोलो कान्ते, टोटनह्यामका ह्यारी केन, आर्सनलका मेसुत ओजील र वेष्ट ह्याम युनाईटेडका दिमित्री पाएटलाई पछि पार्दै माहारेजले उपाधि चुमेका हुन् ।
माहारेजले यो सिजनको प्रिमियर लिगमा अहिलेसम्म खेलेका ३४ खेलमा १७ गोल र ११ असिस्ट गरेका छन् । अल्जेरियाका माहारेज पि.एफ.ए अवार्ड पाउने पहिलो अफ्रिकन खेलाडी हुन् भने लेष्टर सिटीका पनि पहिलो खेलाडी हुन् ।
यसपटक पि.एफ.ए युवा खेलाडीको अवार्ड टोटनह्यामका इंग्लीस खेलाडी डेले अलीले जितेका छन् । उता महिलातर्फ म्यानचेस्टर सिटीकी फरवार्ड इजी क्रिष्टियनसेन उत्कृष्ट खेलाडी चुनिइन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्