१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


उत्तर कोरियाको प्रस्ताव ओबामाद्धारा अस्वीकार


0
Shares

काठमाडौं, वैशाख १३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त वार्षिक सैन्य अभ्यास रोके आफ्नो परमाणु कार्यक्रम रोक्ने’ उत्तर कोरियाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाले ‘उत्तरको प्रस्तावलाई गम्भीरतापूर्वक नलिएको र प्योङयाङले त्यो प्रस्तावभन्दा अझै राम्रो गर्नुपर्ने’ बताए ।

उत्तर कोरियाली विदेशमन्त्री रि सु योंगले हालै दुर्लभ अन्तर्वार्ताकाक्रममा अमेरिकासमक्ष त्यस्तो प्रस्ताव राखेका थिए ।

अमेरिका र दक्षिण कोरियाको वार्षिक सैन्य अभ्यासले कोरियाली प्रायद्वीपमा तनाव सिर्जना गर्दै आएको छ ।

पछिल्लो समय मिसाइल परीक्षणलाई थप तीव्रता दिएपछि राष्ट्रसंघ र अमेरिकाले उत्तर कोरियामाथि कडा  प्रतिबन्ध लगाएका छन् ।

विश्लेषकहरुले सन् १९८० पछि पहिलोपटक हुन लागेको उत्तर कोरियाली वर्कस पार्टीको सम्मेलनअघि शक्ति प्रदर्शन गर्ने उद्देश्यले पाँचौ परमाणु परीक्षणको तयारी गरेको विश्वास गरेका छन् । (एजेन्सी)