 
	    काठमाडौं, वैशाख १३ । नेपाल पुलिसकी दिवाना शेर्मा र सशस्त्र प्रहरीकी सावित्री तामाङ खुला राष्ट्रिय महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४६ देखि ४८ केजी तौलमा फाइनलमा प्रवेश गरेका छन् ।
दिवानाले सोमबार नेपाली सेनाकी सीता पाठकलाई र सावित्रीले नक्सालकी कुशुम तामाङलाई पराजित गरेका हुन् ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा राजधानीमा भएको प्रतियोगिताको ४८ देखि ५१ केजी तौलमा सशस्त्रकी माला राईले केवाइबीसीकी मीना घलेलाई र सञ्जु लामाले सेनाकी गीता कुमारी थापा मगरलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।
बक्सिङका संस्थापक लक्ष्मण शम्सेर थापा तथा पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजित प्रतियोगिताको ५४ देखि ५७ केजी तौलमा सशस्त्रकी माया चौधरीले वाइएसबीकी ललिता महर्जनलाई पराजित गर्दै फाइनलमा ठाउँ बनाइन् ।
६४ देखि ६९ केजीमा पुलिसकी अनुराधा लामाले सेनाकी पुनम रावललाई पराजित गर्दै फाइनलमा पुगेकी छन् ।
पुरुष ४९ केजी तौल समूहमा सेनाका तेजबहादुर देउवा र वीटीएफका मदन कृष्ण डंगोल फाइनलमा भिड्ने भएका छन् ।
तेजले नक्सालका सुशिल थापालाई र मदनले सशस्त्रका बिक्रम परियारलाई पराजित गरे ।
यस्तै, ५२ केजीमा सेनाका प्रेम चौधरीले सशस्त्रका लक्ष्मण तामाङको सामना गर्ने भएका छन् ।
प्रेमले एबीसीका शक्ति लामालाई र लक्ष्मणले वाइएसबीका सुभाष विकलाई पराजित गर्दै फाइलन यात्रा तय गरेका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्