 
	    काठमाडौं, बैशाख १४ । लेष्टर सिटी इङ्लिस प्रिमयर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।
सोमबार राति भएको खेलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले बराबरीमा रोकेपछि लेष्टर सिटी अब लिग उपाधिभन्दा एक जित मात्रै टाढा छ ।
वेष्ट ब्रोमसँग १-१ गोलको बराबरी खेलेपछि टोटनह्यामको उपाधि दावेदारी भने कमजोर बनेको छ ।
लिगमा तीन खेल मात्रै बाँकी छँदा शीर्ष स्थानको लेष्टरले दोस्रो स्थानको टोटनह्यामसँग ७ अंकको अग्रता लिएको छ ।
आगामी हप्ता हुने खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको खण्डमा लेष्टरले ऐतिहासिक उपाधि हात पार्ने छ ।

लेष्टरले अब म्यानचेस्टर युनाईटेड, एभर्टन र चेल्सीसँग तीन खेल खेल्न बाँकी छ भने टोटनह्यामले चेल्सी, साउथह्याम्पटन र न्युकासल युनाईटेडसँग खेल्न बाँकी छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्