 
	    दुबई, वैशाख १४ । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट विजेता टिम वेस्ट इन्डिजका खेलाडीको व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आपत्ति जनाएको छ ।
उपाधि हासिल गरेलगत्तै वेस्ट इन्डिजका कप्तान डारेन सामी लगायत केही खेलाडीले दिएको प्रतिक्रियामा आइसीसीले आपत्ति जनाएको हो । उनीहरुले वेस्ट इन्डिज क्रिकेट बोर्डको आलोचना गरेका थिए ।
दुबईस्थित आइसीसीको मूख्यालयमा बसेको बोर्ड बैठकले वेस्ट इन्डिजका केही खेलाडीको टिप्पणी र गतिविधि अशिष्ट रहेको ठहर गरेको हो । यस्तो गतिविधिबाट विश्वकप प्रतियोगिताको प्रतिष्ठा मै ठेस पुगेको आइसीसीको भनाई छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्