 
	    धनकुटा, वैशाख १५ । सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको १२औं संस्करण आगामी शनिबारदेखि हुने भएको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा सन्चालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी ८ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट आयोजक धनकुटा, सुनसरीको गोधुली क्लब, रमपम झापा, ब्वाइज युनियन, सशस्त्र प्रहरी र राउत कन्ट्रक्सन, मोरङ सहभागी हुने भएका छन् ।
त्यस्तै, भारतको सेरे क्लब कालिम्पोङ र भुटानको बीआरसी क्लब सहभागी हुनेछन् ।
उद्घाटन खेल आयोजक धनकुटा र राउत कन्ट्रक्सन, मोरङबीच हुनेछ ।
विजेताले दुई लाख र उपविजेता टिमले एक लाख रुपैयाँ पाउनेछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्