२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


बालगृहको सहयोगका लागि च्यारिटी दौड


0
Shares

दोलखा, वैशाख १५ । दोलखाको चरिकोटमा रहेको गौरीशंकर बालगृहको सहयोगका लागि अल्ट्रा धावकहरुले च्यारिटी दौड गर्ने भएका छन् ।

बुधबार दोलखास्थित नेपाल बाल संगठनमा आयोजित पत्रकार सम्मेलनमा चर्चित अल्ट्रा धावकहरु रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र न्यूजिल्यान्डका डेभिड जे इनग्राम च्यारिटी दौडमा सहभागी हुन लागेको जानकारी दिइयो ।

यही वैशाख १८ गते ललितपुरको गोदावरीबाट सुरु हुने दौड भक्तपुर, सिपाडोल, पलाँसे, बनेपा, धुलिखेल, पाँचखाल, खाडीचौर, मुडे हुँदै १ सय ५० किलोमिटरको दुरी पार गरेर वैशाख १९ गते दोलखा भीमसेनस्थान पुगेर सम्पन्न हुनेछ ।

सोक्रममा शुभेच्छुक एवं प्रायोजकहरुबाट हुने सबै सहयोग नेपाल बाल संगठनको दोलखामा रहेको गौरीशंकर बालगृहको भूकम्पप्रतिरोधी भवन निर्माणमा सहयोग गरिने बताइएको छ ।