२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


दोर्जे गियर र यातायात मजदुर फाइनलमा


0
Shares

तेह्रथुम, वैशाख १५ । काठमाडौँको दोर्जे गियर प्रालि र विराटनगरको यातायात मजदुर युवा क्लब लालीगुराँस गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

तेह्रथुमको बसन्तपुरमा बुधबारको सेमिफाइनलमा धनकुटाको जनजागृति क्लब निर्धारित् समयमा उपस्थित नभएपछि विराटनगरको यातायात मजदुर युवा क्लब सोझै फाइनलमा पुगेको हो ।

यस्तै, सिंहदेवी युवा क्लब, धनकुटालाई २–१ ले पराजित गर्दै काठमाडौंको दोर्जे गियर प्रालि फाइनलमा प्रवेश गरेको हो ।

दोर्जेको जितमा दिनेश कार्कीले खेलको १८औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गरी अग्रता दिलाएका थिए भने ४७औं मिनेटमा पेट्रिक जोनले गोल गरे ।

सिंहदेवीका लागि खेलको ३८औं मिनेटमा कर्ण लिम्बुले गोल गरेका थिए ।

प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुनेछ ।