बारा, जेठ १ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बारामा ‘ग्रासरुट डे’ मनाएको छ ।
स्कुले बालबालिकालाई फुटबलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरेको थियो ।
सिमरा रंगशालामा ग्रासरुट फुटबल प्रशिक्षण सन्चालन गराउने गरिएकाले बुधबार बारा जिल्ला फुटबल संघले विशेष कार्यक्रम आयोजना गरेको हो ।
ग्रासरुट फुटबलमा जिल्लाका १६ विद्यालयका ४०० बढी बालबालिका सहभागी छन् ।
एसियाली फुटबल महासंघ (एएफसी)ले हरेक वर्ष मे १५ तारिखलाई ग्रासरुट डेकारुपमा मनाउँदै आएको छ ।
यसै वर्ष एन्फाले यो कार्यक्रमलाई नेपालमा भित्र्याएपछि यो दिवस मनाइएको हो ।
एन्फाले देशका ४८ जिल्लामा ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरेको थियो । यो कार्यक्रम सन्चालन गरिएका प्रत्येक जिल्लालाई पाँच लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको थियो ।








प्रतिक्रिया दिनुहोस्