३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


केन्यामा भारी मात्रामा हात्तीको दाह्रा जलाइयो


0
Shares

काठमाडौं, बैशाख १९ । केन्यामा हात्ती संरक्षण गर्ने उद्देश्यले एक सय टनभन्दा बढी हात्तीको दाँत जलाइएको छ ।

राष्ट्रपति उहुरु केन्याटाले अफ्रिकी हात्ती बचाउने उद्देश्यकै लागि हात्तीको दाह्रा जलाइएको बताएका छन् ।

राजधानी नैरोबीको राष्ट्रिय बगैंचामा जलाइएको उक्त भारी मात्राको दाह्रा जलिसक्न निकै दिन लाग्ने बताइएको छ ।

केन्यामा तस्करहरुबाट बरामद गरिएका ६ हजार ७ सय हात्तीको दाँत जलाइएको हो ।

हात्ती दाँतको व्यापार रोकेर हात्ती जोगाउने सन्देश दिन यस्तो कदम उठाइएको राष्ट्रपति उहुरु केन्याटाको भनाइ थियो ।

संरक्षण गर्न नसके अफ्रिकी हात्ती एक दशकमै लोप हुने चेतावनी विशेषज्ञहरुले दिएका छन् । कतिपयले भने हात्तीको दाँत जलाएकामा विरोध पनि गरेका छन् । (एजेन्सी)