Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


‘नयाँ क्यान गठन गर्न राखेप तयार’


0
Shares

काठमाडौं, वैशाख २० । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान)को पुनःगठन गर्ने विकल्प अघि सारेको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी राखेपका सदस्यसचिव केशवकुमार विष्टले शून्यबाट सुरु गर्दै नयाँ क्यान गठन गर्न राखेप तयार रहेको बताएका हुन् ।

क्यानको निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा यथावत् रहेकाले राखेपले गठन गरेको तदर्थ समिति तत्काल भंग गर्न नमिल्ने भन्दै सदस्यसचिव विष्टले निर्वाचित समितिले मुद्दा फिर्ता लिए नयाँ क्यान गठन गर्न आफूहरु तयार रहेको बताए ।

प्रक्रिया नपुर्‍याइ अधिवेशन गरेकाले क्यानको निर्वाचित समिति वैध नभएको भन्दै सदस्यसचिव विष्टले दुबै समितिका पदाधिकारी र दुबैमा नअटेकालाईसमेत समेटेर नयाँ क्यान गठन गर्ने र यसो गर्दा पनि समस्या समाधान नभए चुनावका लागि समिति बनाउन राखेप तयार रहेको बताए ।

सदस्यसचिव विष्टले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले क्यानलाई निलम्बन गर्नुमा राखेपको दोष नभएकोसमेत स्पस्ट पार्न खोजे ।