 
	    काठमाडौं, वैशाख २० । राष्ट्रिय महिला लिग फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
सुपर लिगको अन्तिम खेलमा सोमबार पूर्वाञ्चललाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
खेलको छैटौं मिनेटमा निरु थापाले गोल गर्दै प्रारम्भिक अग्रता दिलाएकामा ७०औं मिनेटमा हिना रानाले पूर्वाञ्चललाई बराबरीमा ल्याइन् ।
८५औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै निरुले गोल गरेर पुलिसलाई जिताइन् ।
यो जितसँगै विभागीय टिमहरु नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको समान ६–६ अंक भएकामा आपसी नतिजाका आधारमा पुलिसले उपाधि जितेको हो ।
त्यस्तै, आर्मी दोस्रो स्थानमा रहँदा सशस्त्र तेस्रो भयो । सुपर लिगमा एक खेल नजितेको पूर्वाञ्चल चौथो भयो ।
आठ टिमले सहभागिता जनाएको राष्ट्रिय लिगको उपाधि जितेसँगै पुलिसले दुई लाख रुपैयाँ हासिल गरेको छ भने आर्मीको भागमा एक लाख रुपैयाँ परेको छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीकी लीला लाम्गाडे, डिफेन्डर पुलिसकी घीमकुमारी गुरुङ, मिडफिल्डर सशस्त्रकी अनिता बस्नेत, फरवार्ड सशस्त्रकै सावित्रा भण्डारी तथा प्रशिक्षक पुलिसका सन्देश श्रेष्ठ चुनिएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्