Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पाकिस्तानमा ११ जनालाई मृत्युदण्ड


0
Shares

इस्लामावाद, वैशाख २२ । पाकिस्तानमा सैन्य अदालतले अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतको आदेशअनुसार उनीहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिइनेछ ।

मृत्युदण्डको सजाय पाउनेमा अधिकांश विद्रोही समूह तालिवानका कार्यकर्ता छन् । पछिल्ला वर्षहरुमा पाकिस्तानमा मृत्युदण्डमा रोक लगाईएको भएपनि सन् २०१४ मा पेशावर शहरस्थित एक सैनिक विद्यालयमा भएको आतंकवादी हमलापछि सरकारले सैन्य अदालत गठन गर्नुका साथै मृत्युदण्डको सजायमाथि लगाउँदै आएको रोक हटाएको थियो ।

पाकिस्तानमा गत बर्षमात्रै ३ सय जनालाई मृत्युदण्ड दिइएको छ । (एजेन्सी)