काठमाडौं, वैशाख २९ । वन क्षेत्र अतिक्रमण गरी बस्नेलाई पाँच वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेगरी सरकारले वन ऐन संशोधन संसदमा दर्ता गराएको छ ।
मुलुकभर अतिक्रमण भएको वन क्षेत्रबाट सबै बस्ती राष्ट्रिय वनका रुपमा विकास र विस्तार गर्नेगरी संशोधन विधेयक दर्ता भएको छ ।
‘वन क्षेत्र अतिक्रमण गरी बस्नेलाई पाँच वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गरी त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएका मेसिनरी औजार, साधनसमेत जफत हुनेछ,’ विधेयकमा उल्लेख छ, ‘त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए निजलाई सो बापत हुने सजायसमेत हुनेछ ।’ –राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्