Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


बालुवाटार घेराउ गर्ने क्रममा झडप, तारघेरा तोड्न खोज्दा घम्साघम्सी(भिडियो)


0
Shares

काठमाडौं, जेठ ४ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले अहिले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने क्रममा सामान्य झडप भएको छ ।

यसअघि दुई दिनसम्म सिंहदरबार घेराउ गर्दै आएको गठबन्धनले आज भने बालुवाटार घेराउ गरेको हो । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको हो ।

भाटभटेनीबाट नारा जुलुस गर्दै अगाडि बढेका प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले रोकेपछि सामान्य झडप भएको हो ।

सुरक्षाकर्मीले लगाएको तारघेरा तोड्न खोज्दा सामान्य लाठीचार्ज भएको छ । प्रहरी र आन्दोलनकारी बीच एकछिन घम्साघम्सी समेत भयो ।

त्यस क्रममा गठबन्धनका केही कार्यकर्तासमेत सामान्य घाइते भएका छन् । बालुवाटार घेराउको नेतृत्व मधेसी मोर्चासहितको संघीय गठबन्धनका शीर्ष नेताहरुले लिइरहेको छन् ।

यसैबीच बालुवाटार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीशको सरकारी निवास वरपर निषेधित क्षेत्र बढाएर सुरक्षा व्यवस्था कडा पारिएको हो । अहिले बालुवाटार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।