
काठमाडौं, जेठ ४ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मधेशी मोर्चासहितको संघीय गठबन्धनको आन्दोलनमा कुनै अप्रिय घटना हुन नदिन गृह मन्त्रालयले पर्याप्त सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले राजधानीमा गरेको कार्यक्रममा गृहमन्त्री बस्नेतले आन्दोलनका क्रममा सर्वसाधारणको जनजीवन नियमित र सुचालु गर्न मन्त्रालय सचेत रहेको बताए । उनले शान्तिपूर्ण वार्ता मार्फत समाधान खोज्न आन्दोलनरत पक्षसँग आग्रह गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. पारशकुमार आचार्य, प्राध्यापक डा. जावेद अहमद खाँ लगायतले कर्णालीका दुर्गम जिल्लाहरुमा स्वास्थ सेवा अझै चुनौतीपूर्ण अवस्था रहेको बताए ।
उनीहरुले कर्णालीका केही जिल्लालाई लक्षित गर्दै जुम्लामा स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतीका लागि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमनिकट भविष्यमै सञ्चालन गरिने जानकारी उनीहरुले गराए ।
प्रतिक्रिया दिनुहोस्