नेपालगन्ज, जेठ ४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजधानीकेन्द्रित आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटका अवसरमा उनले भने–‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ तर राजनीतिक अस्थिरताले प्रश्रय पाउने माग भने कुनै अवस्थामा पनि सम्बोधन गरिनु हुँदैन ।’
आफ्नो दल सरकार गिराउने खेलमा नलाग्ने स्पस्ट पार्दै डा. कोइरालाले ‘लोकतन्त्रको विधि र प्रक्रियाबाट सरकार गठन र पुनर्गठन हुनुपर्छ’–भने ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले स्थानीय निकायको निर्वाचन राजनीतिक दलहरुसँगको सहमतिमा गर्नुपर्ने बताउँदै ‘लोकतन्त्रमा जति धेरै निर्वाचन भयो त्यति नै लोकतन्त्र संस्थागत् हुन्छ’–भने । रासस
फाइल फोटो










प्रतिक्रिया दिनुहोस्