२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


संघीय गठबन्धनले आज रत्नपार्कमा विरोध सभा गर्ने


0
Shares

काठमाडौं, जेठ ५ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले रत्नपार्कस्थित शान्तिबाटिकामा आज विरोध सभा गर्दैछ । आन्दोलनको थप कार्यक्रमबारे छलफल गर्न गठबन्धन दलको आज बैठक पनि हुँदैछ ।

यसअघि हिजो उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका गठबन्धन कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको थियो ।

भाटभटेनीबाट नारा जुलुस गर्दै अगाडि बढेका प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले रोकेपछि सामान्य झडप भएको हो । त्यस क्रममा केही सामान्य घाइते भए ।