
काठमाडौं, जेठ ६ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित तेस्रो शैक्षिक मेला विहीबारदेखि राजधानीमा सुरु भएको छ ।
कान्तिपुर पब्लिकेसन र उच्च माध्यामिक विद्यालय संघ (हिसान)ले संयुक्तरुपमा आयोजना गरेको मेलाको उज्ञेश्य देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा पढ्न सकिन्छ भन्ने रहेको आयोजकले जनाएका छन् ।
एसएलसी दिएर बसेका तथा प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको मेलामा विद्यार्थीहरुलाई परामर्शसमेत दिने गरिएको छ ।
शैक्षिक मेलामा ९९ ओटा कलेजका स्टल रहेका छन् भने २ लाख विद्यार्थीले अवलोकन गर्ने आयोजकले जनाएका छन् ।
मेला चार दिनसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्