Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


युद्धको अवस्थामा पाकिस्तानसँग भारत टिक्न नसक्ने रुसी विज्ञको दाबी


0
Shares

मस्को, जेठ ७ । भारत र पाकिस्तानबीच युद्ध भएमा भारत टिक्न नसक्ने एक रुसी परमाणु विज्ञले दाबी गरेका छन् ।

रुसका परमाणु विज्ञ पेत्र तोपीच्कानोभका अनुसार पाकिस्तानी क्षेप्यास्त्रलाई झेल्न सक्ने क्षमता भारतसँग छैन । उनले भने, ‘भारतले आफ्नो रक्षा क्षेत्रको विकासका लागि धेरै लगानी गरेको छ तर पनि उसले अहिलेको अवस्थामा पाकिस्तानी क्षेप्यास्त्रको सामना गर्न सक्दैन ।’

कार्नेगी मस्को सेन्टरमा परमाणु अप्रसार कार्यक्रमका सिनियर अनुसन्धानकर्ता पेत्रले भने, ‘भारतले जुन गतिमा परमाणु हतियारका लागि खर्च गरिरहेको छ, यही गतिमा १० वर्षसम्म खर्च गरिरहे पनि युद्धको अवस्थामा पाकिस्तानले भारतमाथि क्षेप्यास्त्र प्रहार गरेमा बचाउ गर्न भारत असक्षम हुनेछ ।’ (एजेन्सी)