२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बाल श्रमिकहरुको अवस्था दयनीय, नेपालमा १६ लाख बाल श्रमिक


0
Shares

काठमाडौं, असार १६ । नेपालमा बाल श्रमिकहरुको अवस्था दयनीय भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिले आज ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले नेपालमा अझै १६ लाख बालबालिका बालश्रमिक रहेको तथ्याङ्क प्रस्तुत गरेका छन् ।

केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बालश्रम न्यूनिकरणको लागि समन्वयात्मक भूमिका आवश्यक रहेकोमा जोड दिए ।

अझै पनि घर, कलकारखाना, होटल, रेष्टुरेण्ट, यातयातमा बालश्रम प्रयोग भएको भन्दै उहाँले बालश्रम अन्त्यका लागि सरकारले विशेष योजना बनाउनुपर्नेमा जोड दिए ।