Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


राजधानीमा भीषणा वर्षा, अन्तर्राष्ट्रिय उडान प्रभावित


0
Shares

काठमाडौं, असार १५ । अविरल वर्षाका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही उडान प्रभावित भएका छन् ।

भिजिविलिटी कम हुँदा चारवटा अन्तर्राष्ट्रिय विमान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

एअर चाईना, एअर अरेबिया, हिमालय एअरलाइन्स र नेपाल वायु सेवाका विमान डाइभर्ट गरिएका हुन् ।

एअर चाइनाको विमान ल्हासा, हिमालय एअरलाइन्स र एअर अरेबियाको विमान लखनउ एवम् नेपाल वायुसेवा निगमको विमान कोलकातामा डाईभर्ट गरिएको हो ।

बिहान ६ बजे ५ किलोमिटर रहेको भिजिविलिटी त्यसपछि क्रमशः घट्दै गएपछि विमान अवतरण हुन नसकी डाईभर्ट गरिएको कार्यालयले जनाएको छ ।

शुक्रबार बिहानैदेखि राजधानीमा लगातार वर्षा भइरहेको छ ।