१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नारायणी नदीमा पानीको सतह खतराको सूचकभन्दा माथि


0
Shares

चितवन, असार १७ । अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढीले पानीको सतह शुक्रबार खतराको सूचकभन्दा माथि पुगेको छ ।

चितवनको माडीस्थित कल्याणपुर र छरछरेमा नारायणी नदीको सतह खतराको सूचकभन्दा माथि पुगेको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

शुक्रबार बिहान ३ बजेदेखि नारायणी नदीमा पानी सतह खतराको सूचकभन्दा माथि रहेको छ ।

माडी नगरपालिकाको चिताइ खोला पुलनजिकैको केही मिटर सडक बाढीले भत्काएपछि माडी–भरतपुर यातायत अवरुद्ध भएको छ ।

स्थानीय प्रशासनले सुरक्षाकर्मीहरुलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ ।