
कन्चनपुर, असार १७ । अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढ्न थालेको छ ।
पानीको बहाव बढेसँगै पुलमा चारपांग्रे सवारी–साधनको आवागमन बन्द गरिएको छ ।
महाकाली नदीमा शुक्रबार प्रतिसेकेन्ड १ लाख ८५ हजार क्यूसेक पानी पुगेको हो । नदीमा १ लाख क्यूसेक पानी पुगेपछि खतरा मानिन्छ ।
शुक्रबार बिहान १० बजेदेखि बनवासा पुलमा चारपांग्रे सवारी आवामगन बन्द गरिएको र महाकाली तटीय क्षेत्र आसपासका बस्तीमा बाढी पस्ने सम्भावना भएकाले त्यहाँका बासिन्दालाई सर्तक रहन सूचना जारी गरिएको कन्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।
यस्तै, जिल्लाका दोदा, मनहरा, स्यालीलगायतका नदीमासमेत पानीको सतह बेढेको छ ।
प्रतिक्रिया दिनुहोस्