१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो


0
Shares

चितवन, असार १७ । चितवनको नारायणगढ–मुग्लिन सडकखन्ड शुक्रबार साँझबाट एकतर्फी सन्चालनमा आएको छ ।

पहिरोका कारण शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध सडक सवा चार बजेबाट एकतर्फी सन्चलानमा आएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखन्डको कबिलास–४ घुमाउने र चन्डीभङन्जायाङ–९ का विभिन्न स्थानमा ठूलो पहिरो गएको थियो ।

त्यस्तै, सडकखन्डको चारकिलो र पाँचकिलो भन्ने ठाउँमा पनि पहिरो खसेको थियो । पहिरो पन्छाउने काम भइरहे पनि पानीसँगै पहिरोसमेत खस्नेक्रम नरोकिएकाले समस्या भएको चितवन प्रहरीले जनाएको छ ।