
काठमाडौं । जापानका राजा अकिहितोले आज गद्दी त्याग गर्दै छन् ।
जापानको २ सय वर्षको इतिहासमा उनी जिउँदो हुँदै गद्दी त्याग गर्ने पहिलो राजा हुनेछन् ८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोलि गद्दी सम्हाल्नेछन् ।
जापानी राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ ।
तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए ।
सन् २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन् ।
राजा अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहले हालै कानुनी स्वीकृति पाइसकेको छ ।
जापानी संसद्ले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्न लागेका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्