
नवलपरासी, असार १८ । कालिगण्डकीमा आएको बाढीले नवलपरासीको डेढगाउँमा निर्माण भईरहेको बेलिव्रिज बगाएको छ ।
डेडगाउँ र तनहुँको भगवती गाविस जोड्नका लागि निर्माण भइरहेको पुल शुक्रबार आएको बाढीले बगाएको हो ।
वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा नवलपरासीका १७ वटा पहाडी गाविसमा पुग्ने सवारीसाधन बाटोमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
शुक्रबार दिउँसोदेखि परेको पानीले नारायणी नदीको सतह पनि बढ्दै गएको छ । शुक्रबार बिहानसम्म ३ मिटर रहेको पानीको सतह आज बिहान आईपुग्दा करिब ६ मिटर पुगेको छ । जिल्लाका १४ गाविस बाढीको जोखिममा छन् ।
प्रतिक्रिया दिनुहोस्