१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


पोखरामा झन्डै ६ किलोको शिशु जन्मियो


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, असार १८ । पोखरामा एक महिलाले भन्डै ६ किलोको शिशु जन्माएकी छन् ।

स्याङ्जा एलादी–१ घर भइ हाल पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीया लक्ष्मी गुरुङले ५ किलो ७५ ग्रामको छोरा जन्माएकी हुन् ।

रानीपौवास्थित साइ अर्चना हस्पिटलमा शुक्रबार साँझ शल्यक्रिया गरी निकालिएको शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको चिकित्सकले बताएका छन् ।

शिशुलाई अहिले एनआइसीयुमा राखिएको छ भने आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् ।

एक महिनाअघिमात्र भारतमा ६ किलो ८ सय ग्रामको शिशु जन्मिएको थियो ।