१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


ट्रिपरका कारण सयौं यात्रुलाई सास्ती


0
Shares

सिन्धुली, असार १९ । सिराहाको मिर्चैया हुँदै उदयपुरको कटारी र सिन्धुलीको दुधौली आवागमन गर्ने सडकमा ट्रिपरका कारण सडक जाम हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

मिर्चैया–कटारी ३० किलोमिटर दुरीको उक्त सडकमा सिन्धुलीको ककुर ठाकुरबाट सिरहाको मिर्चैयास्थित मारुती सिमेण्टकालागि कच्चा पदार्थ चुनढुंगा ओसार्ने ट्रिपरले बढी भार बोक्ने र बिग्रेका ट्रिपरहरु सडकमै राख्ने गर्दा साँघुरो सडक जाम हुने गरेको हो ।

चुनढुंगा ओसार्न दैनिक चार सयभन्दा बढी ट्रिपर चल्ने गरेका छन् । साँघुरो सडकमा ट्रिपरले आफूहरुलाई साइड नदिने गुनासो अरु सवारी साधन चालकको रहेको छ ।