Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


वर्षामा सडक कालोपत्र गर्ने र टाल्नेलाई कारबाही हुने


0
Shares

काठमाडौं, असार १९ । बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ ।

सडक विभागका प्रवक्ता दयाकान्त झाले असार, साउन र भदौमा बढी वर्षा हुने भएकाले यो समयमा गरिएको पिच र प्याच वर्क गुणस्तरीय नहुने भएकाले त्यस्तो कार्य रोकिएको जनाए ।

‘यो आर्थिक वर्षमा नौ हजार किमी सडक नियमित मर्मतको योजना छ, सडकमा परेका खाल्डाखुल्डी प्याच वर्क मर्मत योजनामा पर्दछ, यो काम वर्षाका समयमा गरिँदा गुणस्तरीय हुँदैन, वर्षका नौ महिना काम गर्न सकिन्छ, टाल्ने काम पानी परेकै बेलामा गर्नुपर्छ भन्ने छैन, गरेको पाइएमा कारबाही हुन्छ,’ उनले भने ।

यो आर्थिक वर्षमा १२५ पुल पक्की बनाउने योजना भएकामा ५० पुल बनिसकेको विभागले जनाएको छ । (रासस)