
नवलपरासी, असार १९ । नवलपरासीको रजहरमा आज दिउँसो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय रजहरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत इलाका प्रहरी कार्यालय अगाडि लु१ख ८७६२ नम्बरको बस दुर्घटना भएको हो ।
बिपरित दिशाबाट आउँदै गरेको ना२२प ८२६२ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सबै घाइतको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्