१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति


0
Shares

काठमाडौं, असार १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको परराष्ट्र नीतिलाई सरकारले व्यवहारिक रुपमा प्रभावकारी बनाउनु पर्ने बताएकी छन् ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दक्षिण सुडानमा तैनाथ हुन जाने श्री पशुपति प्रसाद गण तेश्रो डपm्फालाई पठाएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सो कुरा उल्लेख गरेकी हुन् ।

सन्देशमा हाल विश्वका विभिन्न द्वन्द्वरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्नका लागि अतुलनीय प्रयासहरुमा नेपाल सरकारको परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा प्रभावकारी बनाई नेपाल र नेपालीको छविलाई विश्व समुदायमा उच्च राख्न नेपाली सेनाको योगदानको प्रशंसा गरिएको छ ।

सो अवसरमा सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालको परराष्ट्र नीति बमोजिम नेपाली सेनाले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्व शान्तिका लागि द्वन्द्वग्रस्त स्थानहरुमा शान्ति सैनिकहरु तैनाथ गरेको उल्लेख गरे ।