१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


बाढी पहिरोको जोखिम टार्ने गरी तयारी गर्न निर्देशन


0
Shares

काठमाडौं, असार २० । संसदको राज्य व्यवस्था समितिले मनसुन सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेकोले त्यसको सम्पूर्ण तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले उपप्रधान एवं रक्षा मन्त्री भीम रावल, गृहमन्त्री शक्ति बस्नेत, गृह र रक्षा मन्त्रालयका सचिव, प्रधान सेनापति, सशस्त्र र नेपाल प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलाई बोलाएर छलफल गर्दै यस्तो निर्देशन दिएको हो

बैठकले बाढी तथा पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना अपनाउन, सुरक्षा निकायलाई चाहिने आवश्यक बजेट व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै सरोकारवाला सबै निकायबीच समन्वय गर्न एउटा समिति बनाएर काम गर्न पनि समितिले भनेको छ । सो क्रममा सांसदहरुले बाढी पहिरो गैसकेपछि मात्र दौडादौड गर्नुभन्दा पहिला नै त्यसप्रति सचेत बन्न र मौसमको पूर्वानुमान गर्न गरी तयारी थाल्न सरकारलाई आग्रह गरे ।

उनीहरुले काठमाडौंबाट हेलिकप्टर जाँदा ठूलो क्षति भइसक्ने भन्दै पश्चिममा एउटा र पूर्वमा एउटा हेलिकप्टर तयारी अवस्थामा राख्न माग गरेका थिए । बाढी पहिरो प्रभावित क्षेत्रमा समयमै पु¥याउन सकिने गरी खाद्यान्न, त्रिपाल लगायतका अत्यावश्यकीय सामग्रीको व्यवस्था गर्न पनि सांसदहरुले माग गरे ।

छलफलका क्रममा रक्षामन्त्री रावल र गृहमन्त्री बस्नेतले प्रकृतिक प्रकोपअघिको पूर्व तयारीमा सरकारले कुनै कसर बाँकी नराखेको बताए । दुबै जनाले मुलकको पाँचै विकास क्षेत्रमा विपद्सम्बन्धि दक्ष जनशक्ति राखेर कुनै स्थानमा समस्या भईहाल्यो भने तत्काल पुग्ने गरी व्यवस्था गरिएको दावी गरे ।

सांसदहरुले भने विकास क्षेत्र तहमा भन्दा प्रादेशीक संरचना अनुसार त्यस्ता केन्द्रहरु बनाउन आग्रह गरेका थिए ।