
प्रज्ञा तिमल्सिना/राममान डंगोल (इमेज)
काठमाडौं, असार २० । मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण बढ्दै जाने गर्दछ ।
पिउनेपानीको अभाव र सरसफाइको कमीले यस्ता रोगको संक्रमण बढ्ने गरेका हुन् ।
रोगबाट बच्न खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दिनहुँ झाडापखाला, टाइफाइड र जन्डिसका ३०–४० जना बिरामी जाने गरेका छन् ।
मनसुन सुरुसँगै देशभरि नै झाडापखालाका बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
खानेपानी र सरसफाइमा विशेष ध्यान नपुर्याएका कारण सरुवा रोगका बिरामी बढ्दै गएका हुन् । वर्षायाममा पानीका कारण मानिसमा विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ ।
खानपान र सरसफाइमा ध्यान पुर्याउनसके यस्ता रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।
सरुवा रोगीको संख्या वर्षेनि बढ्दै गएपनि यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्न सकेको छैन ।
सरुवा रोगसम्बन्धी जनचेतनाको अभाव र सरकारी पूर्वतयारी नहुँदा संक्रमितहरुको संख्या बढेको स्वयं चिकित्सकहरु नै स्वीकार गर्दछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्