१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


लाजै नमानी सडक अवरोध, कानुन मिचेर फुटपाथ कब्जा ! (भिडियोसहित)


0
Shares

प्रतीक लामिछाने/भरत केसी (इमेज)
काठमाडौं, असार २० । काठमाडौंमा सवारी–साधनमार्फत् दैनिक लाखौं मानिस ओहोर–दोहोर गर्दछन् । यही सडकको छेउमा रहेका फुटपाथमा पनि हजारौं बटुवा हिँड्छन् ।

सवारीचालक, पसले तथा अन्य सडकछेउका घरधनीका कारण फुटपाथमा यात्रा गर्ने बटुवाले भने सास्ती खेप्नुपरेको छ ।

पानपराग बेचेर गुजारा चलाउने हुन् वा करोडौं खर्चेर महल बनाउने घरधनी, सबैको चपेटामा छन् काठमाडौंका सडक अनि फुटपाथ ।

सडकछेउमा रहेका साँघुरा फुटपाथ बटुवाकै लागि हिँड्न बनाइएको हो । तर, सडकलाई आफ्नै निजी सम्पत्ति ठानेर असरल्ल निर्माण सामग्री झारिदिँदा अनि पसललगायत अन्य सामान बाटैमा राखिदिँदा बटुवाको यात्रा निक्कै जोखिमपूर्ण बनिरहेको छ ।

अनि बाध्य भएर फुटपाथमा तीव्र गतिमा हुँइकिने गाडीको छेवैबाट हिँड्नुको विकल्प पनि छैन बटुवासँग ।

यसै पनि काठमाडौंका साँघुरा सडक । अनि त्यसमाथि तछाडमछाड गर्दै गुड्ने गाडी । सिँगो सडकले नपुगेर सडकपेटी पनि आफ्नै हो भन्ठान्नेहरु ढुक्कले सडकछेउमै सवारी–साधन पार्किङ गरेर हिडिँदिँदा त्यसले दुर्घटनाको जोखिम बढाएपनि सडक अतिक्रमण गर्नेहरु लाजै नमानी सडक अवरोध गर्न हुँदैन भन्ने थाहा नभएको बताउँछन् ।

त्यसो त फुटपाथ तथा सडकमा सवारी–साधन तथा पसललगायतका अन्य सामग्री राखेर आवागमन रोक्नेलाई १५ हजारसम्म जरिवाना गर्ने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन २०५५ ले गरेको छ ।

तर, यस्ता ऐनको बेवास्ता गर्दै नियम मिच्ने र नियम मिचेकोमा पश्चाताप गर्नुको साटो उल्टै पौठाजोरी खेल्नेहरु पनि यही सहरभित्रै छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)