
काठमाडौं, असार २१ । सेतो कमिज–सुरुवाल अनि ढाकाटोपीले ठाँटिएका बालक लहरै बसेका छन् । अगाडि छन्, रुद्रीका पुस्तक । सबै एकै स्वरमा मन्त्रोच्चारण गरिरहेछन् । सारमा सार मिलाउँदै हात चलाइरहेछन् । वैदिक सार–स्वरको यो सामञ्जस्यले जोकसैलाई आकर्षित गर्छ । कुनै समूह गायन र नृत्यले जस्तो आनन्द दिन्छ ।
तपाईलाई लाग्ला– त्यहाँ कुनै पूजापर्व चलिरहेछ, यी कलिला बालबालिका सबै ब्राह्मण होलान् । तर तपाई गलत हुनुहुनेछ । यो हो इलामको वरबोटेस्थित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन–अनसन्धान केन्द्रको कक्षाकोठा । अनि वेद पढिरहेका यी विद्यार्थी ब्राह्मणमात्र होइन, दलित र जनजाति समुदायका पनि हुन् ।
संस्कृत ब्राह्मणले, बौद्ध शिक्षा जनजाति र किरात ग्रन्थ प्रायः किरात समुदायकै मानिसले पढ्नुपर्छ भन्ने रुढीवादी धारणा त्यहाँ काम लाग्दैन । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्