१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक जारी


0
Shares

काठमाडौं, असार २१ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको बैठक आज पनि जारी छ । काठमाडौंमा जारी बैठकमा सन् १९५० को ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ लगायतका दुई देशबीच भएका सन्धि सम्झौता पुनरावलोकनका विषयमा छलफल भइरहेको छ ।

आजसम्म चल्ने बैठकमा नेपाली पक्षले विवादित सन्धीमाथि छलफल अघि सारेको छ । दुई पक्षबीच भइरहेको छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ । पछिल्ला केही महिनादेखि दुई देशबीच बढेको असमझदारी हटाउने विश्वास निर्माण गर्नुपर्नेतर्फ बैठकमा नेपालले भारतीय पक्षको ध्यानाकर्षण गरेको छ ।

अबका दिनमा समूह कसरी अघि बढ्ने, दुई वर्षभित्र कसरी सबै कुराको टुंगो लगाउने भन्ने कार्यतालिकामाथि प्रारम्भिक छलफल भइरहेको छ । आजै समूहले पत्रकार सम्मेलन गरी बैठकमा भएका छलफल र प्रगतिबारे जानकारी गराउँदै छ

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा नेपालतर्फको समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुन मन्त्री निलाम्बर आचार्य र सांसद राजन भट्टराई छन् ।

भारतले गठन गरेको प्रबुद्ध व्यक्ति समूहमा भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी संयोजक तथा सदस्यहरुमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामा र बिसी उप्रेती छन् ।