
डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, असार २१ । कन्चनपुरको वेदकोट नगरपालिका दैजीकी रामदुलारी रानाको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग राखेर विभिन्न संघ–संस्थाले मंगलबार प्रदर्शन गरेका छन् ।
प्रहरीले हत्या आरोपमा पक्राउ परेकाहरुलाई छाड्ने तयारी गरेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्न माग राखेर प्रदर्शन गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ कन्चनपुरको नेतृत्वमा भएको प्रदर्शनमा महिलाहरुले जिल्ला प्रहरी कार्यालय कन्चनपुरको मुलगेट, महेन्द्रनगरको मुख्य भीडभाड हुने मदनचोक र जिल्ला अदालतको गेटअगाडि सुतेरै आन्दोलन गरेका हुन् ।
छिमेकी प्रकाश मल्लसँग प्रेम सम्बन्धमा रहेकी रामदुलारी गत जेठ १८ गते हराएकी थिइन् । उनको शव जेठ २२ गते फेलापरेको थियो ।
रामदुलारीका आफन्तले प्रकाश मल्लको परिवारका ६ सदस्यको नाममा किटानी जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्