१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


अवरुद्ध मालढुंगा–बेनी सडक खुल्यो


0
Shares

पर्वत, असार २१ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण सोमबार रातिदेखि अवरुद्ध बनेको पर्वतको मालढुंगा–बेनी सडकखन्ड मंगलबार साँझबाट सन्चालनमा आएको छ ।

पर्वतको नाङ्लीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरेखोलानजिकै सडकमाथिबाट सोमबार राति खसेको पहिरो र खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको थियोे ।

खोलाले ठूलो मात्रामा माटो र ढुंगा सडकमा थुपारेका कारण अवरुद्ध बनेको सडक मंगलबार साँझबाट खुलाइएको प्रहरीले जनाएको छ ।

सडक खुलेसँगै बीच बाटोमै रोकिएका सवारी–साधनहरु गन्तव्यतर्फ लागेका जनाइएको छ ।

फाइल फोटो