
काठमाडौं । श्रीलंकामा अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ ।
गत साता २ सय ५० भन्दा बढी व्यक्ति मारिने गरि भएको श्रृंखलाबद्ध विष्फोटपछि यो प्रतिबन्ध लागु गरिएको हो ।
अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन् ।
प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिएपनि मुस्लिम महिलाहरूले लगाउने बुर्का वा निकाबप्रति लक्षित रहेको बताइएको छ ।
धेरैजसो मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन नलगाए पनि पछिल्ला वर्षहरूमा भने त्यस्ता पहिरनप्रति आकर्षण बढेको बताइन्छ ।
श्रीलंकामा अनुसार छोप्ने खालका पहिरनमा प्रतिबन्धको माग उठ्दै आएपनि अप्रिल २१ को आत्मघाती आक्रमण पछि भने यो माग जोडदार रुपमा उठेको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्