१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


बुधबार सार्वजनिक बिदाको निर्णय भएको छैन : गृह मन्त्रालय


0
Shares

काठमाडौं, असार २१ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्धृत गर्दै बिदाका सम्बन्धमा केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोही–कसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख छ ।

यसप्रकारको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृह मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

यसैबीच, गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले रासससँग कुरा गर्दै ईदमा सार्वजनिक बिदा दिने सम्बन्धमा मन्त्रिपरिषदले यसअघि नै निर्णय गरिसकेको जानकारी दिँदै बिदा कुन दिन पर्ने भनी अझै निर्णय नभएको जानकारी दिए ।

उनले ईदको सम्बन्धमा सो धर्मका धर्मगुरुले निर्णय गर्ने र उनीहरुको अझै कुनै निर्णय नआइसकेकोले कुन दिन ईद पर्ने अझै यकिन नभएको स्पस्ट पारे ।

उनले भने–‘भोलि (बुधबार)नै ईद भन्ने तय भएमा भोलि सार्वजनिक बिदा हुनसक्छ, त्यसबारेमा हामी विज्ञप्ति निकालेर जानकारी दिनेछौं ।’ रासस